लहानमा अन्तराष्ट्रिय स्तरको ‘होटल दरवार’ खुल्यो

लहान । सगरमाथा अञ्चलको प्रमुख व्यवपारिक केन्द्र सिरहाको लहानमा अन्तराष्ट्रिय स्तरको ‘स्वीमिंग’ पुल भएको होटल दरवार सोमवारदेखि सञ्चालनमा आएको छ ।
अत्याधुनिक एवम् रमनीय वातावरण भएको होटेल दरवार सोमवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । विरेन्द्र प्रसाद साह र राकेश गुप्ता रोशनको लगानीमा सञ्चालन भएको होटल दरवार लोकसेवा आयोगका पूर्व सदस्य डा. कृष्ण यादवले रिबन काटेर उद्घाटन गर्नुभएको सञ्चालक गुप्ताले जानकारी दिनुभयो ।
लहानको मुख्य चौकदेखि १ किलोमिटर पश्चिममा पूर्वपश्चिम लोकमार्गको उत्तर छेउमा रहेको होटल दरवारमा अन्तराष्ट्रिय स्तरको स्वीमिंग पुल, इलेक्ट्रिक फिटनेश क्लव, स्वास्थ्यका लागि उपयोगी स्टीम बाथको व्यवस्था रहेको बताइएको छ । यस्तै १ सय ५० जनाको क्षमता भएको फुल एसी भएको रेष्टुरेन्ट र फुल एसी भएको स्वीट रुमहरु रहेका छन् । साढे आठ कठाको फराकिलो कम्पाउण्ड भएको सो होटलको सोमवार भएको उदघाटन समारोहमा विभिन्न क्षेत्रका सयौ व्यक्तिहरुको उपस्थित रहेको थियो ।

© 2016 Radio Phoolwari. All Right Reserved. Powered by Fine Creation & Hamro Patro. A Swadesh Infosys Creation [+977-056-501060].